उपत्यकामा २४ घन्टामा थप ६ सय ३७ कोरोना संक्रमित 

आश्विन ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।

मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully