उर्जामन्त्रीका अंगरक्षकलाई कोरोना संक्रमण

आश्विन २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उर्जामन्त्री वर्षमान पुनको अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेनामा कार्यरत उनको स्वाबको नमुना शुक्रबार बिहान मन्त्री निवास पुल्चोकबाट संकलन गरिएको थियो । शुक्रबार नै एक निजी प्रयोगशालाले मन्त्री निवासमा पुगेर मन्त्री पुनसहित करिब २० जनाको स्वाब स‌ंकलन गरेको पनि ईडीसीडीस्थित उच्चस्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अंगरक्षकबाहेक अन्यको रिपोर्ट निगेटिभ आएको छ ।

अंगरक्षकलाई कोरोना संक्रमण भएको थाह पाएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराउने भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully