उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्‌को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । भूकम्पपछिको पुनर्निर्माणकाको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, सहरी विकास मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : आश्विन १, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्राधिकरणबाट जाँदाजाँदै कुलमानले भने- 'सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन् '

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गर्नुभएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले विदाई गरेको छ ।

विदाई कार्यक्रममा घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती माथि जनचासो बढ्नु पनि उपलब्धी भएको बताउनुभयो । यद्यपी घिसिङले एकै जना व्यक्ति सधै प्राधिकरणको कार्यकारी रहिरहनु पर्छ भन्ने पक्षमा नरहेको पनि स्पस्ट पार्नुभयो ।

धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिन सक्ने अवस्थामा पुगेकाले भविश्यमा प्राधिकरणको साखः अझ बढ्ने विश्वास समेत घिसिङले व्यक्त गर्नुभयो ।

सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अवको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास पनि घिसिङले गर्नुभयो ।

प्रकाशित : आश्विन १, २०७७ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×