काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि गरे ।
उनका अनुसार मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी मृत्यु हुनेमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।
यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
