कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपत्यकामा २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

उपत्यकामा २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अध्यावधिक विवरणअनुसार सुनाउने क्रममा शुक्रबार उपत्यकामा ४ सय ५४ जना कोरोना संक्रमित फेला परेको जनाएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ ।

२४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ ।

प्रकाशित : भाद्र २०, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?