काठमाडौंका ७४ वर्षीय र धनुषाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
ललितपुर — पाटन अस्पतालका उपचारका क्रममा सोमबार साँझ दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।
त्यसैगरी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।
