१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अलपत्र र स्वदेश फर्किन नसक्‍नेलाई सरकारी खर्चमा उद्धार गरिने

काठमाडौँ — सरकारले विदेशमा विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई सरकारी खर्चमा उद्धार गर्ने भएको छ ।

अलपत्र र स्वदेश फर्किन नसक्‍नेलाई सरकारी खर्चमा उद्धार गरिने

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा अलपत्र परेका,फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट काटेर ल्याउने बताएका हुन् । उनले भने,' त्यस्ता नागरिकहरुलाई सरकारले आफैं टिकट काटेर ल्याउने, यहाँ आएर होटल क्वारेन्टाइन र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ ।'

उनले त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कूटनीतिक नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्नुपर्ने बताए । यस्तै उनले कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उनीहरुले टिकट पनि काट्नुपर्ने बताए । त्यस्ता कम्पनीहरुले नै क्‍वारेन्टाइनमा बस्दा लाग्‍ने खर्च व्यहोर्नुपर्ने बताए ।

'पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्धार गर्छ,' मन्त्री भट्टराईले भने ।

यसैबीच मन्त्री भट्टराईले पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजिटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्‍वारेन्टाइन खर्च व्यहोर्नुपर्ने बताएका छन् ।

नेपाल घुम्‍न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कूटनीतिक नियोगका पदाधिकारी, विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उनले बताए । परिस्थिति अनुकुल भएपछि अन्य देशहरुको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उनले बताए ।

यो पनि पढ्नुहोस्ः

पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरु होटल क्‍वारेन्टाइनमा बस्‍नुपर्दैन : मन्त्री भट्टराई

प्रकाशित : भाद्र ८, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?