मोरङ — प्रदेश १ को राजधानी विराटनगरमा थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरमा कोरोना संक्रमितको संख्या ८ सय ३६ पुगेको छ ।
संक्रमितमध्ये १ सय ७६ जना निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, विरानटगर महानगरले कोसी अस्पतालाई सोमबार एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । परीक्षणको दायरा बढाउनका लागि भन्दै महानगरले स्थानीय उद्योगी व्यापारीसँग चन्दा संकलन गरेर मेसिन खरिद गरेको थियो ।
यस्तै, प्रदेश १ मा सोमबार थप ६४ जना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश २ का ८ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ । जसमा १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने १ हजार २ सय ८० जना निको भएर घर फर्किसकेका छन् ।
