नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु

भाद्र ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १ सय ५७ जना पुगेकाे छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८ वर्षीय, ५३ वर्षीय र ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी मोरङका ६५ वर्षीय पुरुष, सुनसरीका ६८ वर्षीय पुरुष र पर्साकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully