नेता नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना  पुष्टि

भाद्र ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । गौतमका अनुसार नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully