१७ हजार ४ सय ९५ काेराेना संक्रमित निको भए

भाद्र १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेहरुको संख्या १७ हजार नाघेको हो । 

मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् । 

यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ छ । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा बताएका छन् । 

हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ५ लाख २९ हजार ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully