कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १०२ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।

कोरोनाबाट थप ३ को मृत्यु, मृतकको स‌ंख्या १०२ पुग्यो

कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?