कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अस्पतालमा सिरहाका ४० वर्षीय काेराेना संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय
कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।

कोसी अस्पतालमा सिरहाका ४० वर्षीय काेराेना संक्रमितको मृत्यु

टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार साढे ७ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्ट उनको मृत्युपछि कोरोना पोजिटिभ आएको डा. यादवले बताए ।

प्रकाशित : श्रावण २९, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?