कोसी अस्पतालमा सिरहाका ४० वर्षीय काेराेना संक्रमितको मृत्यु

श्रावण २९, २०७७

मोरङ — कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।

टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार साढे ७ बजे मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

अस्पताल भर्ना गर्ने क्रममा लिएको स्वाबको रिपोर्ट उनको मृत्युपछि कोरोना पोजिटिभ आएको डा. यादवले बताए । 

कोरोना भाइरस

Link copied successfully