अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द, 'टेक अवे' सेवामात्र सञ्चालन गर्न पाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । 

अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द, 'टेक अवे' सेवामात्र सञ्चालन गर्न पाइने

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । 'यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,' मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : श्रावण २७, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?