कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडाैं उपत्यकामा थप ६२ जनामा काेराेना

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडाैं‌ उपत्यकामा थप ६२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ४८ जना, भक्तपुर १३ जना र ललितपुरमा एक जना संक्रमित देखिएको बताए ।

काठमाडाैं उपत्यकामा थप ६२ जनामा काेराेना

काठमाडाै‌ं भित्रिने नाकाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा ४० जनामा कोरोना देखिएको प्रवक्ता गाैतमले बताए । नागढुंगा १६ जना, साँगामा १३, र फर्पिमा ११ गरी काठमाडाैं भित्रिन लागेका ४० जनामा कोरोना भेटिएको प्रवक्ता गाैतमले बताए ।

प्रकाशित : श्रावण २०, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?