कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना, संक्रमितको संख्या ७२ पुग्यो

देशभर २५० प्रहरीलाई कोरोना, १०१ जना निको भए
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बिहीबार साँझ १० र शुक्रबार बिहान थप १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना, संक्रमितको संख्या ७२ पुग्यो

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । प्रहरी प्रवक्ता कडायतका अनुसार अहिलेसम्म देशभर २ सय ५० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना निको भइसकेको उनले बताए ।

संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।

प्रकाशित : श्रावण १६, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?