कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

प्रहरी हेडक्वार्टरका थप ४ जनामा कोरोना, संक्रमितको संख्या ३५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।  प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कुबेर कडायतले कान्तिपुरलाई बताए ।

प्रहरी हेडक्वार्टरका थप ४ जनामा कोरोना, संक्रमितको संख्या ३५ पुग्यो

‘आज थप ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ, संक्रमितलाई थप उपचारका बलम्बुस्थित एपीएफ अस्पताल पठाइसकेका छौं,’ एसएसपी कडायतले कान्तिपुरसँग भने ।

आइतबार, सोमबार र मंगलबारको स्वाब परीक्षण रिपोर्टमा ३१ जनालाई संक्रमण देखिएको थियो । संक्रमित धेरैजससो सवारी महाशाखा, सञ्चारलगायत युनिटमा कार्यरत छन् । संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?