कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता

तुलाराम पाण्डे

कालीकोट — सोमबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा रास्कोट नगरपालिका-१ बम्हतोलमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता

स्थानीय जयबहादुर शाहीको घरमाथिबाट खसेको पहिरोले उनीसहित ५ जनालाई बेपत्ता बनाएको हो । यस्तै, नरहरिनाथ-८ लालुमा एक किशोर र टाकुल्ला खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् । रास्कोट-१ का टेक टमटाको घर भत्किदा छिमेकी एक किशोरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीकाअनुसार अविरल वर्षाले रास्कोट १ बम्हतोलामा खोलाको पानी बस्तीमा पस्दा घरमा सुतिरहेका ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् ।

त्यस्तै, रास्कोट १ पोतमारास्थित टेक टमटाको घर भत्किदा छिमेकी घरकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको छ । टेककी पत्नी मयसरा र छोरी यशोदा घाइते भएका छन् । त्यस्तै, नरहरिनाथ ८ लालुस्थित निर्माणधीन सडकमा हिड्दै गर्दा पहिरो खस्दा १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता छन् ।

पानी नरोकिउकोले बेपत्ताको खोजी सुरु हुन सकेको छैन । रास्कोट र मुम्रा प्रहरी चोकीबाट विहानै प्रहरी घटनास्थलतर्फ पठाइए पनि बाटोमाठाउ ठाउँमा पहिरो खसिरहेकाले घटनास्थल पुग्‍न कठिनाई भएको डीएसपी ओलीले बताए । प्रहरी टोली अझै पुग्न सकेको छैन ।

प्रकाशित : श्रावण १३, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?