काठमाडौँ — पछिल्लो २४ घन्टामा देशभरबाट १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ८ सय ६८ जना पुगेको छ ।
६६.५ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हाल मुलुकभर २२ हजार २ सय २८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका बताएका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट ३ लाख १९ हजार ८७२ परीक्षणहरु गरिएका छन् ।
