६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय

श्रावण ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिएका छन् । 

यस्तै, पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको गौतमले बताए । मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् । 

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully