कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव: 'अयोध्या' होइन, कोरोना र कालापानीमा ध्यान दिउँ

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अयोध्या' तिर ध्यान नमोडी कोरोना र कालापानीमा ध्यान दिन सुझाव दिएका छन् । शर्माले ट्विट गर्दै भनेका छन्- 'प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य- कोरोना र कालापानी !' उनले संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनैतिक पहल थाल्न पनि सरकारलाई सुझाव दिएका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव: 'अयोध्या' होइन, कोरोना र कालापानीमा ध्यान दिउँ

भानुजयन्तीको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या नेपालमै भएको र भारतले सांस्कृतिक अतिक्रमण गरि विवाद खडा गरेको बताएका थिए । उनले 'अयोध्या भारतमा नभइ वीरगञ्जदेखि पारी ठोरीमा भएको' बताएपछि सामाजिक संजालमा यसले तीव्र प्रतिक्रिया बटुलिरहेको छ । सत्तारुढ र विपक्षी दलका नेताहरुले समेत यसमा प्रतिक्रिया दिइरहेका छन् । भारतीय मिडियाले पनि यो समाचारलाई प्रसारण गरेका छन् ।

यसतर्फ लक्ष्यित गर्दै प्रवक्ता शर्माले 'अयोध्या' तिर ध्यान नमोड्न आग्रह गरेका छन् । उनको ट्विटमा भनिएको छ- १) हृदयमा छँदैछन् `राम', चिन्ता राजु सदाहरुको गरौं ! २) `अयोध्या´तिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनैतिक पहल थालौं !'

उनले सम्झाउने कर्तव्य आफ्नो भएको र बुझाउने जिम्मेवारी नेकपाको भएको पनि बताएका छन् ।

प्रकाशित : असार ३०, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?