कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म्याग्दी पहिरो : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेकाे उद्धार [अपडेट]

बेपत्ताको खोजी जारी
घनश्याम खड्का

म्याग्दी — अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेकाे छ । ३ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले बताएकाे छ ।

म्याग्दी पहिरो : मृतकको संख्या १७ पुग्यो, ३ जना घाइतेकाे उद्धार [अपडेट]

धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो । जसमध्ये ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।

घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।

‘हामी बाँच्यौं, हराएकाको भोकभोकै खोजीमा जुटेका छौं । पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको मराङको अवाङ, राम्चे क्षेत्रमा अहिलेसम्म राज्यको उपस्थिति देख्न नपाउँदा खिन्न भएका छौं,’ प्रगति युवा क्लव अर्वाङका अध्यक्ष रहेका चक्रबहादुर पुनले भने, ‘बाढीपहिरोबाट जोगिएका गाउँबाट युवालाई गुहार मागेर पहिरोमा खोतल्दै छौं । केहीको शव फेला परेको पनि छ ।’

यसैगरी पहिरेमा उच्च भएका २२० जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । रघुगंगा गाउँपालिका ३ गलेश्वर राहुँघाट खोला नजिकका २१ घर धुरीका ८५ जनालाई गायत्री मन्दिरमा, धवलागिरी गाउँपालिका ६ कल्लेनी जहरेका ८९ जनालाई धौलागिरी ७ शिवाङ्गस्थित हेम माध्यमिक विद्यालयमा ५० जना र अन्य २९ जनालाई आफन्तको सारिएको छ । यस्तै मालिका गाउँपालिका–५ र ६ का ९ घरका ४६ जनालाई जनप्रिय माध्यमिक विद्यालय दरबाङमा सारिएको प्रहरीले बताएको छ ।

मृतकहरुको सूची

धौलागिरी गाउँपालिका

१. सुकुना लामगादे

२.आशिष लामगादे

३.आयुष लामगादे

४.आयुषा लामगादे

५.रेश्मा सुनार

६.मन सुनार

७.कमला श्रीपाली

८.सुरक्षा श्रीपाली

९.सुरज श्रीपाली

१०‍.प्रकाश केसी

मालिका गाउँपालिका

११. गौदेवी नेपाली (३० वर्ष)

१२. विशेष नेपाली (५ वर्ष)

१३. वीरबहादुर नेपाली (३१ वर्ष)

१४. विष्णु नेपाली

१५. सन्दीप नेपाली (५ वर्ष)

१६. निशा नेपाली (२ महिना)

१७. विष्णु पौडेल (४० वर्ष)

घाइतेहरु

बेनी अस्पतालमा उपचार गराइरहेका

१‌.मालिका गाउँपालिका ०७ विमका पूर्णबहादुर नेपाली

पोखरा मणिपाल शिक्षण अस्पताल रिफर गरिएका बिरामी

२. धौलागिरी गाउँपालिका–६ की २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती)

३. धौलागिरी गाउँपालिका–६ का ७ वर्षीय सफल श्रीपाली


प्रकाशित : असार २७, २०७७ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?