प्रधानमन्त्रीले भने- 'राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ'

मन्त्रीहरुलाई पोजिसन क्लियर गरेर आउन निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताएका छन् । उनले त्यसका लागि सोच्ने समय पनि दिएका छन् । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका हुन् ।

प्रधानमन्त्रीले भने- 'राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ'

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए । अर्का मन्त्री गुरुङ प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पुर्‍याउने बताएको ती मन्त्रीले जानकारी दिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनु भनेका थिए । प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, 'क-कसलाई के ईच्छा छ निर्णय गर्न समय छ । अहिलेसम्म केही भइसकेको त छैन । तर अवस्था ठीक पनि छैन । आवश्यकता पर्‍यो भने मुख खोल्नुपर्ला ।'

अचानक प्रधानमन्त्रीको यस्तो आग्रहपछि मन्त्रीहरु निरास भएर बालुवाटारबाट फर्किएको पनि ती मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले आफूले पार्टी निर्णय नमान्ने पनि दोहोर्‍याएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका हुन् ।

प्रकाशित : असार २०, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?