सलह नियन्त्रण गर्न तत्काल एक्सनमा जाने निर्णय : दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

काठमाडौँ — कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सराेकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह राेकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् । उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् ।

सलह नियन्त्रण गर्न तत्काल एक्सनमा जाने निर्णय : दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने । प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भयो । बढी झुन्ड देखिएको ठाउँमा भोलि/पर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोही अनुसार सिफारिस गरेका छौं ।’

यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने बताए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोनलगायतको प्रयोग, नीतिगत निर्णयहरु बुझाएको बताए ।

प्रदेश र स्थानीय सरकारलाई सूचना दिने सन्दर्भमा प्राविधिक टोलीले निर्णय गर्ने बताए । ‘व्यवस्थापन कसरी गर्ने,स्थानीय र किसानलाई के सूचना दिनेबारेमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘दुवै मिटिङको सार तत्काल एक्सनमै जाने भन्ने नै हो ।’

प्रकाशित : असार १४, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?