कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो 

असार १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा‍. जागेश्वर गौतमले मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेको जानकारी दिए । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए ।

चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

सम्बन्धित समाचार

भरतपुर अस्पतालमा उपचारका क्रममा कैलालीका कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully