नवलपरासी पूर्वमा १७ सहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण

असार ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । बुधबार थप २१ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । बुधबार थप  २१ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

बुधबार नवलपरासी पूर्वका १८ जना र पर्वतका ३ जनामा कोरोना संक्रमण देखिएको हो । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १८ देखि ३६ वर्ष उमेरसमूहका १४ जना पुरुष, मध्यविन्दु नगरपालिकाका २ जना पुरुष, कावासोती नगरपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै भारतबाट फर्किएको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको निर्देशक शर्माले जानकारी दिए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully