अर्थसम्बन्धी तीन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ — प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (२४औँ सशोधन), २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनसमक्ष यी तीन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

अर्थसम्बन्धी तीन विधेयक प्रतिनिधिसभाबाट पारित

अर्थमन्त्री युवराज खतिवडाले तीनवटै विधेयक पारित गरियोस् भन्ने प्रस्तावहरू सदनमा प्रस्तुत गरेका थिए । त्यसपछि बहुमतले विधेयक पारित भएका हुन् ।

ऋण तथा जमानत (२४औँ संशोधन) विधेयकमाथि कांग्रेस सांसद मिनेन्द्र रिजाल र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

आर्थिक विधेयकमाथि सांसदहरू दिव्यमणि राजभण्डारी र प्रेम सुवालले संशोधन राखेकामा बहुमतले अस्वीकृत भए । राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि रिजाल र सुवालले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ३२, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?