अर्थसम्बन्धी तीन विधेयक प्रतिनिधिसभाबाट पारित

जेष्ठ ३२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (२४औँ सशोधन), २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनसमक्ष यी तीन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले तीनवटै विधेयक पारित गरियोस् भन्ने प्रस्तावहरू सदनमा प्रस्तुत गरेका थिए । त्यसपछि बहुमतले विधेयक पारित भएका हुन् ।  

ऋण तथा जमानत (२४औँ संशोधन) विधेयकमाथि कांग्रेस सांसद मिनेन्द्र रिजाल र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । 

आर्थिक विधेयकमाथि सांसदहरू दिव्यमणि राजभण्डारी र प्रेम सुवालले संशोधन राखेकामा बहुमतले अस्वीकृत भए । राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि रिजाल र सुवालले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । 

सम्बन्धित समाचारः

कान्तिपुर

Link copied successfully