कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कोरोनामा सरकारको हिसाबकिताब : खर्च ८ अर्ब ३९ करोड

काठमाडौँ — कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ ।

कोरोनामा सरकारको हिसाबकिताब : खर्च ८ अर्ब ३९ करोड

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशनमा सार्वजनिक गरिएको विवरणअनुसार अहिलेसम्म तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।

अहिलेसम्म संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ ।

यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

हेर्नुहोस् कहाँ कति खर्च भयो ?

प्रकाशित : जेष्ठ ३१, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×