चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

जेष्ठ २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए । 

संक्रमित हुनेमा रौटहटका ७४ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना,  सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो । 

४ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ८ सय २५ जना रहेको छ । 

२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । त्यसैगरी भैरहवाको भीम अस्पतालबाट रुपन्देहीका १६ र कपिलवस्तुका ९ जना गरी २५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १७ र सुनसरीका एक गरी १८ जना डिस्चार्ज भएका हुन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या २६६ पुगेको छ ।

 हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully