रौतहटमा थप ७४ जनामा कोरोना 

जेष्ठ २०, २०७७

रौतहट — रौतहटमा मंगलबार थप ७४ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गौर नगरपालीकामा १३, दुर्गाभगवती गाउँपालिकामा १४, राजपुर नगरपालिकामा २१, गढिमाई नगरपालिकामा १, परोहामा ४, राजदेवीमा १८, यमुनामाइमा ३ जनामा संक्रमण देखिएको हो । 

योसमेत जिल्लामा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । तीनजना निको भएर घर फर्केका छन् । 

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३६ र धुलिखेलमा गरएिको परीक्षण्मा ३८ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरले जनाए । 

संक्रमितहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाणालगायतका स्थानमा काम गर्न गएका थिए । पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएपछि उनीहरु नेपाल फर्किएका हुन् । अहिले भारतबाट फर्केका झण्डै ८ हजारजना जिल्लाका क्वारेन्टाइनमा छन् । 

‘संक्रमण देखिएकाहरु सबैको स्वास्थ्य अवस्था समान्य छ । संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी हुँदैछ,’ प्रजिअ घिमिरले भने । 

कोरोना भाइरस

Link copied successfully