कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा थप ७४ जनामा कोरोना 

शिव पुरी

रौतहट — रौतहटमा मंगलबार थप ७४ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गौर नगरपालीकामा १३, दुर्गाभगवती गाउँपालिकामा १४, राजपुर नगरपालिकामा २१, गढिमाई नगरपालिकामा १, परोहामा ४, राजदेवीमा १८, यमुनामाइमा ३ जनामा संक्रमण देखिएको हो । 

रौतहटमा थप ७४ जनामा कोरोना 

योसमेत जिल्लामा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । तीनजना निको भएर घर फर्केका छन् ।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३६ र धुलिखेलमा गरएिको परीक्षण्मा ३८ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरले जनाए ।

संक्रमितहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाणालगायतका स्थानमा काम गर्न गएका थिए । पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएपछि उनीहरु नेपाल फर्किएका हुन् । अहिले भारतबाट फर्केका झण्डै ८ हजारजना जिल्लाका क्वारेन्टाइनमा छन् ।

‘संक्रमण देखिएकाहरु सबैको स्वास्थ्य अवस्था समान्य छ । संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी हुँदैछ,’ प्रजिअ घिमिरले भने ।

प्रकाशित : जेष्ठ २०, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?