कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यी हुन् बजेटका ४ उद्देश्य र ६ प्राथमिकता 

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटको प्रथम उद्देश्य कोरोना लगायतका संक्रमक रोग र विपद्‍बाट नागरिकको जीवन रक्षा हुने बताएका छन् । त्यसका लागि बजेटमा प्राथमिकताका क्षेत्र पनि छुट्याइएका छन् । 

यी हुन् बजेटका ४ उद्देश्य र ६ प्राथमिकता 

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटका उद्देश्य निम्न रहेको बताएः

क. संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।

ख. उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने ।

ग. नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने । र,

घ. सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।

बजेटले निर्धारण गरेका यी उद्देश्य पूर्ति गर्नक लागि क्षेत्रगत प्राथमिकता यसरी निर्धारण गरिएका छन्ः

कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नती र स्वास्थ्य जनशक्ति विकास ।

कोरोना भाइरस संक्रमणको रोकथामको लागि चालिएका कदमबाट टुटेको आर्पूर्ति श्रृंखलालाई पुनर्स्थापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुनर्उत्थान ।

नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण ।

विकासको शीघ्र प्रतिफल प्राप्त हुने, आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाहरूको कार्यान्वयन।

. गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी, लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण ।

संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सदृढीकरण ।

प्रकाशित : जेष्ठ १५, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?