प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत

जेष्ठ १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ । 

यस्तै सरकारले प्रदेश र स्थानीय तहलाई विशेष खालको कार्यक्रमको लागि करिब १० अर्ब बजेट विनियोजन गरेको छ । 

यस्तै, ससर्त स्थानीय र प्रदेश सरकारलाई दिइने अनुदानमा पनि सरकारले बृद्धि  गरेको छ । आर्थिक पुर्नरुत्थान र स्वास्थ्य प्राथमिकता बजेटको प्राथमिकता सरकारले दिइएको छ । 

विदेशी मुद्रा सञ्‍चिति एक खर्ब १७ अर्बले वृद्धि भइ ११ खर्ब ५६ अर्ब पुगेको मन्त्री खतिवडाले बताए । 

बजेट २०७७

कान्तिपुर

Link copied successfully