३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

शिव पुरी

रौतहट — रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

योसमेत जिल्लामा संक्रमितको संख्या ६९ पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् ।

सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन सकेको छैन ।

जिल्लामा आइसोलेसन वार्ड अभावका कारण संक्रमितहरुलाई राख्न समस्या हुन थालेको छ । संक्रमितहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । संक्रमण पुष्टि भएकाहरुमा तीन जना बालबालिकासमेत रहेका छन् । भारतबाट आएका उनीहरु सबैलाई सिधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । संक्रमितहरुको ठेगाना भने खुलाइएको छैन ।

भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु घर फर्केसँगै कोरोना संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढेको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट फर्केका नेपाली कामदारहरु २ हजार ७ सयका हाराहारीमा छन् । विश्वभर कोभिड-१९ को संक्रमण बढेसँगै भारतले गरेको लकडाउनका कारण मजदुरहरु उतै फसेका थिए । अहिले खुुकुलो बनाएपछि उनीहरु धमाधम कुनै न कुनै माध्यमबाट सीमासम्म आउन थालेका छन् ।

स्थानीय प्रशासनले भारतबाट फर्केकाहरुलाई सिधै क्वारेन्टाइनमा लैजाने गरेको छ । जिल्लामा अहिलेसम्म पुष्टि भएका अधिकांश भारतबाट फर्केका नेपाली हुन् ।

प्रकाशित : जेष्ठ १३, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?