धरानमा गरिएको परीक्षणमा भोजपुरका एकजनामा कोरोना संक्रमण रहेको पुष्टि, संक्रमितको संख्या ४८

वैशाख ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा. अधिकारीले जानकारी दिए ।

यसअघि आजै जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा पनि कोरोना संक्तमण देखिएको थियो । त्यस्तै आजै संक्रमितमध्ये ३ जना निको भएर घर फर्किएका छन् । बिहीबार साँझसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १० पुगेको छ ।

कान्तिपुर

Link copied successfully