सिन्धुली हिँडेका बनेपामै राेकिए (तस्बिरहरू)

वैशाख ९, २०७७

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भक्तपुरको जगातीबाट सिन्धुलीलगायत विभिन्न ठाउँमा जान लागेका सर्वसाधरणलाई बनेपामा रोकिएको छ । उनीहरुलाई अहिले उग्रचण्डी पार्टी प्यालेसमा राखिएको छ । सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय जना रहेका उनीहरु काभ्रेबाट जान नदिएपछि उनीहरु यहीँ रोकिएका हुन् ।सिन्धुली सम्पर्क मञ्‍चले काठमाडौंका विभिन्न स्थानमा काम गर्ने सिन्धुलीका बासिन्दालाई घर फर्काउन पहल गरेको थियो । काभ्रेका सीडीओ श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई लकडाउन उल्लंघन नहुने तरिकाले घर पठाइने बताएका छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully