कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

र्‍यापिड टेस्ट किटकै विश्‍वसनीयता परीक्षणका लागि नमुना संकलन

अर्जुन शाह

(धनगढी) — कोरोना भाइरस संक्रमणको जोखिममा उच्च रहेको भन्दै सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ (आरडीटी) बाट धेरैभन्दा धेरै व्यक्तिहरुको परीक्षण गर्ने बताए पनि पहिलो चरणमा सो किटकै विश्वसनीयता परीक्षण गरिने भएको छ ।

र्‍यापिड टेस्ट किटकै विश्‍वसनीयता परीक्षणका लागि नमुना संकलन
आरडीटीको विश्वसनीयता परीक्षण गर्ने उद्देश्यले मंगलबारदेखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका व्यक्तिको रगत तथा थ्रोट स्वाब संकलन गर्न सुरु गरिएको छ । यसरी संकलन गरिएको रगतको आरडीटीमा परिक्षण गरिने छ भने त्यसको परिणाम यकिन गर्न स्वाबको पीसीआर परीक्षण पनि हुने छ । दुई सयवटा नमुनाको परिक्षण गर्दा धेरैको परिणाम एउटै आए अनि मात्रै मास टेस्टिङ सुरु हुने छ ।

‘यतिबेला र्‍यापिड टेस्टिङ किट्सको प्रयोग हुने होइन,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले भने, ‘एउटै व्यक्तिको रगतको नमुना र थ्रोट स्वाबको नमुना बेग्लाबेग्लै संकलन गरेर क्रस चेक गर्ने योजना रहको छ ।’ कैलालीमा एक सय र कञ्चनपुरमा एक सय गरी दुई सयको नमुना संकलन गरेर काठमाडौं पठाउने योनजा बनेको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?