मेडिकल सामाग्री खरिद प्रकरणका दोषीलाई कारबाही गर्न राजपाको माग

चैत्र २१, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — राजपाले कोरोना संक्रमण रोक्न अत्यावश्यक मेडिकल सामाग्री खरिद प्रक्रियामा बाहिर आएको अनियमितताको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले शुक्रबार विज्ञप्ति जारी गर्दै दुःखद अवस्थामा अत्यावश्यक सामाग्री खरिदमा अनियमितता हुनु निन्दनीय भएको बताएका छन् । 

उनले माहामारीबाट जोगिन लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ घरमै बस्न नागरिकसँग अपिल गरेका छन् ।


नेपाल र भारतको सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउन वातावरण निर्माण गर्न र आवश्यक जाँचको व्यवस्था गरेर शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइन राख्न सरकारलाई भण्डारीले आग्रह गरेका छन् । 

अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिकसम्म पुर्‍याउने निर्णय सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै उनले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराएका छन् । 

कान्तिपुर

Link copied successfully