कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

११ वर्षमा पनि बनेन चाबहिलस्थित मालपोत भवन

काठमाडौँ — निर्माण सुरु भएको ११ औं वर्ष बित्दा पनि मालपोत कार्यालय चावाहिलको भवनको काम नसकिएको महालेखाले जनाएको छ । भवन नबन्दा कार्यालयले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको महालेखा परिक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ ।

११ वर्षमा पनि बनेन चाबहिलस्थित मालपोत भवन

०६९ वैशाख ७ मा दुई वर्षभित्र निर्माणसम्पन्न हुने गरी एक निर्माण व्यवसायीसँग १० करोड २३ लाख ८६ हजार रुपैयाँमा सम्झौता भएको प्रतिवेदनमा उल्लेख छ । निर्माण कार्यको लागि भन्दै ०७९ पुस १५ सम्म पटकपटक म्याद थप्दा समेत काम नसकिएको महालेखाले जनाएको छ । ०७९ पुस १५ ६ करोड ६७ लाख ९३ हजार रुपैयाँ भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : जेष्ठ १३, २०८१ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×