कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य सेवा विभागले खेर फाल्यो दुई अर्ब बढीको खोप

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षेनि लगाउने विभिन्न नि:शुल्क खोपहरूमध्ये करिब ४३.७ प्रतिशत खोप खेर गएको देखिएको छ । महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गत दिइने करिब २ अर्ब २३ करोड ८ लाख २१ हजार रूपैयाँ बराबरको खोप मितव्ययी र व्यवस्थित योजना नभएकै कारण खेर गएको पाइएको हो ।

स्वास्थ्य सेवा विभागले खेर फाल्यो दुई अर्ब बढीको खोप

महालेखा परीक्षकको प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागले खोपको खरिद, भण्डारण, ढुवानी, उपयोग तथा वितरण समग्र खोपको मौज्दात अवस्था, आगामी वर्ष दातृ निकायबाट प्राप्त हुने खोपको संख्या तथा खोपको आवश्यकताको अध्ययन र विश्लेषण गरी खोप योजना नबनाएको औंल्याएको छ ।

खोप कार्यक्रम मितव्ययी र व्यवस्थित रूपमा सञ्चालन गर्न खोप मापदण्डअनुसारको योजना बनाई सो अनुरूप कार्यक्रम सञ्चालन नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

साथै, स्वास्थ्य सेवा विभागको लापरवाही र हेलचेक्र्याइँकै कारण चीन सरकारबाट अनुदानमा प्राप्त भएको एक अर्ब ५६ करोड ६८ लाख मुल्य बराबरको २० लाख भायल खोप पनि खेर गएको प्रतिवेदनमा बताइएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै बीसीजी खोप खेर गएको छ ।

बीसीजीको खोप करिब ६७ करोड रूपैयाँ बराबरको ७९.४ प्रतिसत खेर गएको छ । त्यसपछि दादुराको पहिलो र दोस्रो गरेर करिब ७२ करोड रुपैयाँ बराबरको खोप खेर गएको छ भने पोलियोको करिब १५ करोड रुपैयाँ बराबरको खोप खेर गएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?