ऊर्जा मन्त्रालयको बेरुजु घट्याे 

महालेखाको ६० औं प्रतिवेदनमा १ अर्ब २९ करोड ७२ लाख रुपैयाँ रहेकोमा ६१ औं प्रतिवेदनमा १ अर्ब १ करोडमात्रै बेरुजु

जेष्ठ १३, २०८१

कान्तिपुर संवाददाता

Reduced the power of the Ministry of Energy

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बेरुजु १ अर्ब १ करोड ६६ लाख ७५ हजार रुपैयाँ देखिएको छ । ऊर्जा मन्त्रालय र मातहतसहितका ८० निकायमा १ अर्ब १० करोड ६१ लाख ४९ हजार रुपैयाँ बेरुज देखिएकोमा प्रतिवेदन उपलब्ध गराएपछि ८ करोड ९४ लाख ७४ हजार फर्स्यौट गरेको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ ।

कुल बेरुजु १ अर्ब १ करोड ६६ लाख ७५ हजार रुपैयाँमध्ये म्याद नाघेको पेस्की १ करोड ८४ लाख ८ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको बेरुजु रकम घटेको छ । अघिल्लो वर्ष बेरुजु रकम १ अर्ब २९ करोड ७२ लाख रुपैयाँ थियो । यस्तै अघिल्लो वर्ष म्याद नाघेको बेरुजु ९ अर्ब १ करोड रुपैयाँ रहेको महालेखाको साठिऔं प्रतिवेदनमा उल्लेख छ ।

महालेखा प्रतिवेदन

कान्तिपुर

Link copied successfully