ललितपुर कांग्रेस सभापतिमा श्रेष्ठ निर्वाचित

ललितपुर — कांग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

पहिलो चरणमा भएको निर्वाचनमा कसैले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा तेस्रो भएका मीनकृष्ण महर्जनले चित्रकारलाई समर्थन गरेका थिए ।
श्रेष्ठ कांग्रेस नेता उदय राणा निकट हुन् ।
प्रकाशित : मंसिर १२, २०७८ १५:४८