कांग्रेस दाङको सभापतिमा डाँगी

मंसिर १२, २०७८

दुर्गालाल केसी

दाङ — दाङ कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । कोइराला-पौडेल पक्षका डाँगीसँग अन्य तीनजनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका थिए ।

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ मत ल्याए । उनका प्रतिस्पर्धीहरु भूपबहादुर डाँगीले ५४५, जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने तयारी भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति निर्वाचित भएका  हुन् ।

भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकरलाई सभापति घोषणा गरिएको हो । 

कांग्रेस महाधिवेशन

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully