कांग्रेस ललितपुरको सभापतिमा कसैले बहुमत ल्याएनन्, चित्रकार र श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

काठमाडौँ — कांग्रेसको ललितपुर सभापतिका लागि रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन प्रत्यासीमध्ये कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।

कांग्रेस ललितपुरको सभापतिमा कसैले बहुमत ल्याएनन्, चित्रकार र श्रेष्ठबीच पुनः प्रतिस्पर्धा

पहिलो चरणको मतदानमा रामकृष्ण चित्रकारले ५०४, जितेन्द्र श्रेष्ठ ४८४ र मीनकृष्ण महर्जनले ३३६ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले आइतबार पुनः पहिलो र दोस्रो मत ल्याउने चित्रकार र श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाएको छ । यहाँ सभापतिका सबै प्रत्यासी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

तर, सबैभन्दा धेरै मत ल्याउने चित्रकारलाई जिल्ला सभापति मदन अमात्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको समर्थन छ भने श्रेष्ठ र महर्जनलाई उदय शमशेर राणा समूहको समर्थन थियो ।

राणा समूहले श्रेष्ठ र महर्जनमध्ये जसले धेरै मत प्राप्त गर्छ, उसैलाई सभापतिका रुपमा अघि सार्ने पूर्वसमझदारी गरेको थियो । अब त्यहीअनुसार राणा समूहले श्रेष्ठलाई सभापतिका रुपमा अघि सार्ने र महर्जनले उनलाई समर्थन गर्ने राणा निकट एक नेताले बताए । यहाँ करिब १४ सय मतदाता छन् ।

प्रकाशित : मंसिर ११, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?