१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बुढानिलकण्ठका मेयर खरेललाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — बुढानिलनण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुढानिलकण्ठका मेयर खरेललाई कोरोना संक्रमण

खरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।

‘उहाँलाई आज कोरोना पुष्टि भएको हो,’ उनले भने, ‘हालसम्म उहाँलाई कुनै पनि लक्षण देखिएको छैन ।’ मेयर खरेल घरमै होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए ।

बुधबार उनको स्वाब संकलन गरिएको थियो । आइतबार मेयर खरेलको चालकलाई कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?