बुढानिलकण्ठका मेयर खरेललाई कोरोना संक्रमण

आश्विन १७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बुढानिलनण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

खरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका प्रवक्ता नवराज भट्टराईले बताए । 

‘उहाँलाई आज कोरोना पुष्टि भएको हो,’ उनले भने, ‘हालसम्म उहाँलाई कुनै पनि लक्षण देखिएको छैन ।’ मेयर खरेल घरमै होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए । 

बुधबार उनको स्वाब संकलन गरिएको थियो । आइतबार मेयर खरेलको चालकलाई कोरोना पुष्टि भएको थियो ।

कान्तिपुर

Link copied successfully