डाबर तीज फेस्टिभल तथा उद्यमी मेला बिहीबारदेखि

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Dabur Teej Festival and Entrepreneurs Fair from Thursday

काठमाडौँ — महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रालिको व्यवस्थापनमा बिहीबारदेखि २२आौ डाबर गुलाबरी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला-२०८२ हुने भएको छ ।

काठमाडाौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुने चार दिने मेलाले श्रृजनशील महिलाहरूको सीप र दक्षताको अभिवृद्घि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिकरुपमा सबल बनाई प्रविधिमैत्री वातारवण सिर्जना गर्न मद्दत पुर्‍याउने जनाएको छ ।

मेलाले महिलाहरूका सिर्जना र उत्पादनलाई बजारीकरण गर्न अवसर प्रदान गर्ने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन्। उनका अनुसार केन्द्रले २२ वर्षदेखि गर्दै आएका विभिन्न मेला, गोष्ठी, सेमिनार र तालिमहरूबाट ५९० जनाभन्दा धेरै महिलाहरू स्वरोजगार भएका छन् ।

यसवर्ष मेलामा एक सयभन्दा धेरै स्टलहरू राख्ने तयारी छ । मेलाको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गर्ने छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully