काठमाडौँ — डिजिटल वालेट खल्तीले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) सँग सहकार्य गरेको छ । सहकार्यसँगै खल्ती नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक टिकटिङ पार्टनर बनेको छ । साथै खल्तीले एनपीएलका लागि टिकट खुला गरेको समेत जानकारी दिएको छ ।
एनपीएलका दर्शकले अब अनलाइनमार्फत टिकट खरिद गर्न सक्छन् । खल्तीका अनुसार साधारण टिकटतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ पर्नेछ ।
दर्शकलाई सबै खेलको म्याच एकमुष्ट मूल्य तिरी हेर्न सकिने सुविधा खल्तीले ल्याएको छ । जसमा साधरणतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ खल्तीले जानकारी दिएको छ । एनपीएल यही मंसिर १५ देखि कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
