जनकपुरमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन

जेष्ठ १२, २०८१

कान्तिपुर संवाददाता

Burning effigies of Prime Minister and Home Minister in Janakpur

धनुषा — जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरिएको छ । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा स्थानीय युवाहरुले शनिबार साँझ भानुचोकमा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन् । सहभागीले प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दे, प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन, कान्तिपुरका अध्यक्ष सिरोहियालाई बिनासर्त तुरुन्त रिहा गरलगायत नारा लगाएका थिए । 

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा देशका विभिन्न जिल्लामा विरोध र प्रदर्शन भइरहेका छन् ।   

कान्तिपुर

Link copied successfully