प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

जेष्ठ १७, २०७८

रौतहट — प्रहरी हुँ भन्दै सर्वसाधरणबाट रकम असुल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टि टोलबाट ३० वर्षीय सुशील पटेललाई प्रहरीले पक्राउ गरेको हो । 

पटेलले आफू प्रहरी हुँ भन्दै धम्की दिने गरेको र निषेधाज्ञाको समयमा स्थानीयको सामान भारतीय सीमाबाट नेपाल प्रवेश गराइदिने भन्दै रकम असुलेपछि प्रहरीले पक्राउ गरेको हो । नेपाल भारतत आवत जावत गराइदिने र भारतबाट समानहरु ल्याउनेसित प्रहरी भन्दै रकम माग्ने गरेको फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठ बताए । 

पटेलले प्रहरी भन्दै धाकधम्की दिएर रकम असुलेको स्थानीयको उजुरीको आधारमा पक्राउ गरेर १० दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जनाए । 

कोरोना संक्रमण बढेपछि गएको वैशाख २४ गतेदेखि जिल्लामा निधेषाज्ञा जारी भएसँगै नेपाल भारत आवतजावतमा प्रहरीले कडाइ गरेका छ ।

यस्तै, प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार गरूडा नगरपालिका ७ बस्ने ज्ञानी ठाकुरलाई पक्राउ गरेको छ । गाउँकै ४५ वर्षीया फतिङगा ठाकुरलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको थियो । 

२०७७ मसिर १० गते जग्गाको विषयलाई लिएर ज्ञानीले फतिङगालाइ कुटपिट गरेका थिए । कुटपिटबाट घाइते उनको मृत्युपछि फरार ज्ञानीलाई जिल्लाको माधवनारायण नगरपालिका २ खेसरहीयास्थित लुकेर बसेको अवस्थामा फेला  परी जिल्ला अदालत गौरमा पेस गरिएकोमा पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरीले जनाएको छ । 

कोरोना भाइरस

Link copied successfully