पर्सा — वीरगन्जका अस्पतालहरुमा २३ घण्टामा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृतकमा ४ पर्साका, २/२ बारा र सर्लाहीका छन् । तीमध्ये नेसनल मेडिकल कलेज र वीरगन्ज हेल्थ केयरमा १/१ र नारायणी अस्पतालमा ६ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार आइतबार साँझ ४ बजे नेसनल मेडिकल कलेजमा वीरगन्ज–२६ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरी, सोमबार बिहान ६ बजे पर्सा पोखरिया–५ का ७० वर्षीय पुरुषको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालका चिकित्सक डा सरोजरोशन दासका अनुसार अस्पतालमा उपचाररत बाराका ४० वर्षीय पुरुषको आइतबार राति ११ बजेर ३० मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान १२ बजेर ४५ मिनेटमा पर्सा बहुदरमाई नगरपालिका–१ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजे वीरगन्ज–३२ चोर्नीका ३५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ६ बजेर ४५ मिनेटमा सर्लाही सोल्टी–८ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान १० बजे बाराका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर २० मिनेटमा अस्पतालमा उपचाररत सर्लाही ईश्वरपुर–३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
