वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

भाद्र ५, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ६ दिनदेखि उपचार गराइरहेका एक कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– १० रानीघाट निवासी ४८ वर्षीय पुरुषको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पुराना मुटु रोगी रहेका ती पुरुषको स्वास्थ्य बिग्रिएपछि आफन्तले साउन ३१ मा नारायणी अस्पताल लगेका थिए । त्यही दिन नारायणीको आईसीयूमा भर्ना गरिएको थियो । साउन ३२ मा उनको पीसीआर रिपाेर्टमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि कोरोना अस्पताल रेफर गरिएको थियो ।

उपचारको क्रममा शुक्रबार दिउँसो सवा एक बजेको समयमा उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

 

कोरोना भाइरस

भूषण

Link copied successfully